म डाक्टर होइन, वैज्ञानिक पनि होइन। म एक साधारण नेपाली हुँ — तर त्यो काम गर्छु जुन साधारण मानिसले आँट गरेका छैनन्। सत्यको खोजीमा जीवन समर्पित गर्नु नै मेरो मुख्य उद्देश्य हो। चलचित्र, साहित्य, स्वास्थ्य अनुसन्धान र गुलाबको खेतीसम्मका मेरा यात्रा केवल रहर नभई, समाज र राष्ट्रप्रतिको मेरो सोँचको प्रतिबिम्ब हुन्।
“Creativity begins with curiosity. Knowledge grows through continuous exploration.”
बिश्व बस्नेत चलचित्र मेरो लागि सधैँ सिर्जनाको सशक्त माध्यम रह्यो। 'सिन्दूर', 'अन्याय' र 'नाता' जस्ता चलचित्रमार्फत दर्शकको माया पाएँ। नेपालको प्रथम बाल चलचित्र 'एकादेशमा' र ध्यानमा आधारित चलचित्र 'स्कूल' (जसले भारतका चलचित्र महोत्सवमा समेत स्थान पायो) को निर्माण तथा निर्देशनमार्फत मैले केही नयाँ गर्ने प्रयास गरें। चलचित्र कलाकार संघ, निर्माता संघ र निर्देशक समाजको स्थापनामा म निरन्तर क्रियाशील रहें।
साहित्य मेरो मनको आवाज हो। अंग्रेजी कविता संग्रह 'In The Realm Of The Mind' देखि नेपाली टाइप गर्ने सरल विधिको पुस्तिका हुँदै 'क्यान्सर रोगले अब मर्नु पर्दैन' जस्तो स्वास्थ्य अनुसन्धानमूलक पुस्तकसम्म मेरो लेखन यात्रा अघि बढेको छ।
हरेक नेपालीले पढ्नै पर्ने, बुझ्नै पर्ने पुस्तक — “गर या मर”
Actor · Writer · Music enthusiast.
Actor · Writer · A landmark Nepali film.
Actor · Writer · A landmark Nepali film.
Literary works and independent research.
Articles, features, and storytelling.
Passion for roses and nature.
More projects, films, and photography archives coming soon.
View allBiratnagar, Nepal
Official website of Bishwa Basnet
© 2026 Bishwa Basnet · All rights reserved.
www.bishwabasnet.com
“Creativity begins with curiosity.”